FAQs Complain Problems

फोटो ग्यालरी

रत्ननगर । रत्ननगर नगरपालिकाले कृषिसँग नगरप्रमुख कार्यक्रम २०८१–८२ अन्तर्गत अनुदानमा ई–रिक्सा हस्तान्तरण गरेको छ । रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले रत्ननगर–१५ शीतल चोक निवासी अपाङ्गता भएका विपन्न राजकुमार विकलाई अनुदानमा ई–रिक्सा प्रदान गरेका हुन् । १३ वर्षअगाडि करेन्ट लागेर बायाँ हात गुमाएका राजकुमारले नगरप्रमुखसँग कृत्रिम हात सहयोग मागेका थिए । उनको याचना तत्कालै नगरप्रमुख प्रलाद सापकोटाले पूरा गरेका थिए । कृत्रिम हात जडान भएपछि पनि पाँच जनाको परिवार पाल्ने जिम्मेवारी उनकै काँधमा आयो । तरकारी बैच्दै आएका उनले ई–रिक्सा भए जीविकोपार्जन गरी परिवार पाल्न सहज हुने भन्दै सहयोग गरिदिन नगरप्रमुखसमक्ष निवेदन गरे । विपन्न, अपाङ्गता भएका र उद्यम गरिखाने वर्गका लागि नगरपालिका साथसाथै रहेको नगरप्रमुखले बताएपछि राजकुमारले तीन लाख रुपैयाँमा ई–रिक्सा खरिद गरेका हुन् । जसमध्ये ७० प्रतिशत अर्थात् दुई लाख १० हजार रुपैयाँ कृषिसँग नगरप्रमुख कार्यक्रमअन्तर्गत अनुदान दिइएको हो भने तीन प्रतिशत अर्थात् ९० हजार रुपैयाँ राजकुमारले व्यहोरेका हुन् । अनुदानमा ई–रिक्सा पाएपछि खुसी हुँदै राजकुमारले भने, ‘गरिब र विपन्नका लागि स्थानीय सरकार रहेको अनुभूति भएको छ । मेयर साब साच्चै विपन्नको अभिभावक बन्नु भएको छ । म मेयर साबलगायत रत्ननगर नगरपालिका परिवारप्रति धन्यवाद दिन चाहन्छु । नगरप्रमुख सापकोटाले राजकुमारलाई पान नम्बर लिएर वैधानिकरुपमा व्यापार गर्न सुझाव दिँदै कृषिसँग जोडिएर उद्यमी बन्न चाहने नगरवासीका लागि नगरपालिकाले प्रोत्साहन गर्ने बताए । ई–रिक्सा हस्तान्तरण कार्यक्रममा आर्थिक विकास समितिका संयोजक कलाधर पौडेल, रत्ननगर १५ का वडा सदस्य शिव तिवारी र कृषि अधिकृत संयोग पौडेल लगायतको सहभागिता रहेको थियो ।

, , ,

नेपाल–भारत विकास सहकार्यअन्तर्गत रत्ननगर–६ मा रहेको बछौली माविमा प्राविधिक कलेज सञ्चालनका लागि भवन निर्माण शिलान्यास गरिएको छ । १२ कोठा रहने तीनतले भवनको शिलान्यास भारतीय महावाणिज्य दूतावास वीरगन्जका महावाणिज्यदूत देवी सहाय मीना र रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले संयुक्तरूपमा गरेका हुन् । भवन शिलान्यासपश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय महावाणिज्य दूतावास वीरगन्जका महावाणिज्यदूत देवी सहाय मीनाले भारत सरकारको तीन करोड रुपैयाँ बढी लागत साझेदारीमा विद्यालय भवन निर्माण हुन लागेको र यसले बछौली माविको शैक्षिक उन्नयनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भारत सरकारले सामुदायिक विकास परियोजना (एचआइसिडिपिएस)अन्तर्गत स्कुल, कलेज, अस्पताल, स्वास्थ्यचौकी, पुस्तकालय, नदी तटबन्ध, एम्बुलेन्स, स्कुल बसजस्ता सहयोग परियोजनाहरु उपहारस्वरुप प्रदान गर्दै आएको जानकारी दिए ।

, , , , ,

मिति २०८१/१२/१५ र १६ गते रत्ननगर नगरपालिकाको सुशासन समिति र विधायन समितिको आयोजनामा रत्ननगर नगरपालिकाका कार्यपालिका सदस्यज्युहरु, सुशासन समिति, लेखा समिति, विधायन समिति, विषयगत शाखा प्रमुखहरु र वडा सचिवहरुका लागि कानून निर्माण सम्बन्धी प्रकिया, सार्वजनिक सेवा प्रवाह र खरिद प्रक्रिया सम्बन्धी अभिमुखिकरण कार्यक्रम ।
स्थान : होटल दरबार, बन्दीपुर, तनहुँ ।

, , , , , , , , , , ,

रत्ननगर । रत्ननगरका एकल महिलालाई कानुनी सचेतना र साइबर अपराधसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

नगरस्तरीय एकल महिला समन्वय समितिको आयोजना र नगरपालिकाको आर्थिक सहयोगमा सोमबार एकल महिलाहरुका लागि कानुनी सचेतना, सकारात्मक सोच र साइबर अपराधसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

कार्यक्रममा नगरस्तरिय एकल महिला समन्वय समिति सचिव तथा योग प्रशिक्षक गीता अधिकारीले सकारात्मक सोच, इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायक निरीक्षक गोविन्द परियारले साइबर अपराध र नेपाल बार एसोसिएसन चितवन अध्यक्ष तथा वरिष्ठ महिला अधिकारकर्मी अधिवक्ता फूलमाया रानाभाटले कानुनी सचेतनासम्बन्धी प्रशिक्षण दिएका थिए ।

महिला समन्वय समितिकी संयोजक गीता देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास समिति संयोजक तथा वडा नं ५ का वडाध्यक्ष बालकृष्ण चापागाईं, महिला विकास अधिकृत दीपा घिमिरे, नगरस्तरीय लक्षित महिला व्यवस्थापन समिति सदस्य नीता ढकाल, मेलमिलाप रत्ननगरकी कोषाध्यक्ष अनिता अर्याल, कार्यपालिका सदस्य चन्द्रकला पनेरु, जनप्रतिनिधि रमा भट्टराई, शारदा न्यौपानेलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रम नगरस्तरीय एकल महिला समन्वय समितिका कोषाध्यक्ष एलिना पराजुलीले सञ्चालन गरेकी थिइन् ।

रत्ननगर । रत्ननगर नगरपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाको आयोजनामा बैंकसँग सामाजिक सुरक्षासम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा १६ वटै वडामा सामाजिक सुरक्षा भत्ता वितरण, मृत्युपछिको रकम फिर्ता, सामाजिक उत्तरदायित्वलगायत अन्य प्राविधिक तथा कानुनी समस्याका विषयमा जनप्रतिनिधि, वडा सचिव र बैंकहरुबीच अन्तक्र्रिया गरिएको हो ।

कार्यक्रममा १६ वटै वडाका वडाध्यक्ष, सचिव तथा १२ वटा बैंकका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईंको अध्यक्षतामा भएको कार्यक्रको सहजीकरण सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका प्रमुख रामप्रसाद बस्ताकोटीले गरेका थिए ।

रत्ननगर नगरपालिकाले ज्येष्ठ नागरिक बाहेक अपांगता भएकाहरुलाई सहायता सामाग्रीहरु प्रदान गर्ने उद्देश्यले आवाह्न गरेअनुरुप वडा नं १४ का खुन्त्त बहादुर अधिकारी र राजेश पुडासैनी, वडा नं १३ का अम्बर बहादुर थापा र सुनिता देवकोटा, वडा नं ७ का शिवराज माझी र दिवसलाई व्हिल चियर र वडा नं १० का सुदीप सिम्खडालाई श्रवण यन्त्र (हेयरिङ एड) वितरण गरिएको

, ,

Pages