FAQs Complain Problems

फोटो ग्यालरी

रत्ननगर । रत्ननगर नगरपालिकाका मेयर, उपमेयरलगायत जनप्रतिनिधिहरुको टोलीले रत्ननगर–५, ६ र ७ भित्र भएका पछिल्ला विकास निर्माणका आयोजनाहरुको अनुगमन गरेको छ ।

नगरप्रमुख प्रल्हाद सापकोटा, उपप्रमुख यादवप्रसाद पाठक, वडा नं–५ का वडाध्यक्ष बालकृष्ण चापागाईं, वडा नं–६ का वडाध्यक्ष किरण चौधरी, वडा नं–७ का वडाध्यक्ष सजना महतो, आर्थिक समितिका संयोजक एवं वडा नं–३ का वडाध्यक्ष सोहेन्द्रराज खरेल, विज्ञ सल्लाहकार रामहरि न्यौपाने, इन्जिनियर पंकज गिरीलगायतको टोलीले नगरभित्र चालू अवस्थामा रहेका ठूला र नगरगौरवका आयोजनाहरुको स्थलगत अनुगमन तथा निरीक्षण गरेको हो ।

नगरप्रमुख सापकोटाको नेतृत्वमा विभिन्न आयोजनाहरुको स्थलगत अनुगमनमा निस्किएको नगरको टोलीले रत्ननगर–६ र ७ मा नमुना पर्यटकीय मार्गअन्तर्गत भइरहेको साइकल लेन, नाला र फुटपाथसहितको १५ मिटर सडक, राप्ती ड्याकदेखि मगरटोल हुँदै खैरहनी बोटेतालसम्म सडकको अधिकारभित्र पर्ने स्थायी तथा अस्थायी संरचना भत्काउन निदेशन दिएको छ ।

सहरी विकास मन्त्रालयअन्तर्गत सघन सहरी भवन निर्माण आयोजनाको लागि लोहनी–लोहनी एन्ड सन्स्–हेमन्त जेभी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भई आयोजनाको काम अगाडि बढेको छ । सो कम्पनीलाई निर्माण सामग्रीको गुणस्तरदेखि समयमै काम गर्न निर्देशन दिइएको नगरप्रमुख सापकोटाले बताए ।

यस्तै, प्रदेश मन्त्रालयको आव २०७९/०८० को समपुरक योजनाअन्तर्गत वडा नं ६ राप्ती ड्याक मालपुरको चराचोक हुँदै निर्माणाधीन नाला, फुटपाथसहितको नमुना पर्यटकीय सामुदायिक मार्गको पनि अवलोकन तथा अनुगमन गरी निर्माण कम्पनी शिवम् कन्ट्रक्सनलाई गुणस्तरमा कैफियत नगरी काम गर्न निर्देशन दिइएको छ ।

वडा नं–६ का वडाध्यक्ष किरण चौधरीका अनुसार जनप्रतिनिधिको प्रत्यक्ष निगरानीमा दुवै आयोजनाको काम अगाडि बढेको बताए । उनले भने, ‘निर्माण सामग्रीको गुणस्तरमा कुनै सम्झौता हुँदैन । निर्माण कम्पनीलाई कुनै बहानामा ढिलासुस्ती गर्न छूट छैन ।’

नगरका कुनै पनि विकास निर्माणका आयोजनाहरुको विशेष अनुगमन गरिरहेको बताउँदै नगरप्रमुख सापकोटाले विकास निर्माणका आयोजनाहरुमा ढिलाइ गर्ने, लापर्बाही गर्ने र राजनीति गर्न खोज्नेलाई नगरले कडारूपमा कारबाही गर्ने चेतावनी दिए । ‘विकास निर्माणमा अवरोध पुर्‍याउन खोज्ने र पुर्‍याउने दुवैलाई कारबाही गरिन्छ’, उनले भने, ‘विकासका काममा तेरो र मेरो भनेर ढिलासुस्ती गर्ने ठेकदारहरुलाई क्रमैसँग नगरपालिका कारबाहीमा उत्रिन्छ ।’

‘हामी रत्ननगरलाई रत्न बनाउने अभियानमा छौँ’, नगरप्रमुख सापकोटाले भने, ‘विकास निर्माणका कामले गति लिइरहेको छ । हामी नमुना नगरका रूपमा स्थापित गर्न प्रयत्नशील छौँ ।’

स्रोत:

तस्विरहरु र लेख

चितवन पोष्ट दैनिक

, , , ,

रत्ननगर नगरपालिकाद्वारा आयोजित चौँथो रास्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०७९ । नगर प्रमुख श्री प्रलाद सापकोटाज्यूबाट उद्घाटन सुसम्पन्न भयो। उद्घाटन समारोह २०७९/१०/१४,टिकौली चौर।

प्रतियोगिताको तालिका:

खेल हुने मिति: २०७९/१०/१४ गते देखि १६ गते सम्म

, , , , , , , , , , , , , , ,

रत्ननगर नगरपालिकाको नगरस्तरीय मेलमिलाप समन्वय समिति पुनर्गठन कार्यक्रम ।

नगर स्तरीय मेलमिलाप समन्वय समितिका पदाधिकारीहरु :

१. अध्यक्ष श्री भुपेन्द्र अधिकारी

२. सचिव - श्री संगिता खनाल

२. कोषाध्यक्ष - श्री अनिता अर्याल

४. सदस्य- श्री प्रमिला ढकाल

५. सदस्य श्री सुजता विष्ट

६. सदस्य - श्री रामचन्द्र दुवाडी

७. सदस्य - श्री कृष्ण प्रसाद अधिकारी

८. सदस्य श्री सिता नेपाल 1

९. सदस्य - श्री बिष्णु भण्डारी कट्टेल

, , , , , , , , , ,

सबै नागरिकलाई स्वास्थ्यको पहुँच पुर्याउने निति अनुरुप  बिपन्न नागरिकलाई निशुल्क स्वास्थ्य विमा कार्यक्रम मार्फत आज मिति २०७९ पुस २४ गते  नगरपालिकाका प्रमख श्री  प्रलाद सापकोटा ज्यू बाट  परिचय पत्र वितरण गरिदैँ । स्थानः ३ नं वडा कार्यालय

, , , , , , , , , , , , , , ,

सम्पूर्ण शाखा प्रमुखहरु सँग कार्य प्रगति समिक्षा गर्नुहुँदै मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत र नगर विज्ञ सल्लाहकार साथै नयाँ कर्मचारीहरुलाई स्वागत कार्यक्रम

, , , , , , , ,

 

चितवनको रत्ननगरमा आयोजना गरिएको पालिका स्तरीय प्रथम मेयर कपको उपाधि रत्ननगर नगरपालिकाले जितेको छ । शनिवार भएको फाइनल खेलमा माडी नगरपालिकालाई शुन्यका विरुद्ध एक गोल अन्तरले पराजित गर्दै आयोनक रत्ननगर नगरपालिकाले उपाधि जितेको हो । रत्ननगरले उपाधिसंगै एक लाख १ हजार ११ नगद पुरस्कार प्राप्त गरको छ भने उपविजेता बनेको माडी नगरपालिकाले ५५ हजार ५५५ रुपैया पुरस्कार पाएको छ । कार्यक्रमका प्रमुख अतिथि रत्ननगरका मेयर प्रल्हाद सापकोटा,उपमेयर यादबप्रसाद पाठक र खेलकुद विकास समितिका संयोजक कृष्ण चौधरीले पुरस्कार,शिल्ड तथा मेडल हस्तान्तरण गर्नुभएको थियो । रत्ननगरलाई उपाधि जिताउन कुशल श्रेष्ठले एक गोल गरेका थिए । खेल अबधिभर उत्कृष्ट प्रर्दशन गरेका श्रेष्ठ म्यान अफ दी म्याच घोषित भएका छन् । उनले दुई हजार ५०० पुरस्कार पाएका छन् । प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रर्दशन गरेको रत्ननगरका खेलाडी उत्कृष्ट खेलाडी घोषित हुँदै १२ हजार ५०० नगद पुरस्कार प्राप्त गरेका छन् । समापन कार्यक्रममा पूर्व राष्ट्रिय खेलाडी सुर्यमान श्रेष्ठ,लेखनाथ घिमिरे,ललीत थापा तथा बंगलादेशमा उत्कृष्ट खेल प्रर्दशन गरेका रत्ननगरका खेलाडीहरु सुजता तामाङ र शुशीला केसीलाई सम्मान गरिएको छ । कार्यक्रममा मेयर सापकोटाले रत्ननगरमा मेयर कपलाई स्थापित गरी खेलाडी उत्पादन गर्ने बताउनुभयो । हामीले खेलकुदलाई प्राथमिकतामा राखेका छौं उनले भने हरेक विधाका खेलको विकासका लागि सबै किसिमको प्रयत्न हुने छ । मेयर सापकोटाले फुटवलमा राष्ट्रिय स्तरमा प्रभाव छाड्ने खेलाडी उत्पादनको लागि रत्ननगरले कार्ययोजना बनाएर काम सुरु गरेको बताउनुभयो । कार्यक्रममा कालिका नगरपालिकाका मेयर विनोद रेग्मी सर्लाहीको इश्वरपुर नगरपालिकाका मेयर मनोज आचार्य, रत्ननगरका विज्ञ सल्लाहाकार रामहरि न्यौपाने, नगर शिक्षा अधिकारी बद्रिनारायण शर्मा, वडाध्यक्षहरु कुलप्रसाद सापकोटा,राजेन्द्र घिमिरे,आशिक तामाङ,बालकृष्ण चापागाई,श्याम श्रेष्ठ,किरण महतो,सजना महतो,सोहेन्द्रराज खरेल लगायतको सहभागिता रहेको थियो । प्रतियोगितामा जिल्लाका सात पालिकाका सात वटा टिमको सहभागिता रहेको खेलकुद विकास समितिका सदस्य सौगात भूजेलले जानकारी दिनुभयो ।

, , , , , , , , , , , , , , , , , , ,

Pages