चितवनको रत्ननगरमा दोस्रो रोजगार मेला–२०७९ आयोजना हुने भएको छ । आगामी चैत १० देखि १२ गतेसम्म वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला हुने भएको हो ।
अघिल्लो वर्ष भरतपुर महानगरपालिकाले पहिलोपटक रोजगार मेलाको आयोजना गरेको थियोे । आलोपालोरूपमा रोजगार मेला गर्ने गरी भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाबीच सहमति भएअनुरुप रत्ननगर नगरपालिकाले मेलाको आयोजना गर्ने भएको हो ।
आइतबार रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीको अध्यक्षतामा बसेको रोजगार मेला मूल समितिको बैठकले सो निर्णय गरेको हो ।
बैठकमा नगरप्रमुख प्रल्हाद सापकोटा, उपप्रमुख यादवप्रसाद पाठक, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, रत्ननगर नगरपालिकाका नगरशिक्षा अधिकारी बद्रिनारायण शर्मा, भरतपुर महानगरका नगरशिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेल, रत्ननगर नगरपालिकाका विज्ञ सल्लाहकार रामहरि न्यौपाने, भरतपुर महानगरपालिकाका उपप्रमुखका सचिवालय सदस्य आशिष अधिकारीलगायतको उपस्थितिमा बसेको बैठकले सो गरेको हो ।